कम्पनीमा रोजगाररत समस्त विदेशी नागरिक समक्ष(ネパール語)

कम्पनीमा रोजगाररत समस्त विदेशी नागरिक समक्ष

नयाँ कोरोना भाइरस (COVID-19) द्वारा कम्पनीको व्यवसाय सञ्चालन नराम्रो भएको अवस्थामा समेत विदेशी नागरिक भएकै आधारमा, विदेशी श्रमिकलाई जापानी श्रमिक भन्दा प्रतिकूल असर पर्ने व्यवहार गर्ने कार्य क्षम्य हुनेछैन।
 
1. कम्पनीको आफ्नै कारणले श्रमिकलाई बिदा बस्न लगाउन परेर बिदा भत्ता भुक्तानी गर्दा, विदेशी श्रमिकलाई पनि जापानी श्रमिक सरह भुक्तानी गर्नैपर्छ।
2. श्रमिकको रोजगारीको रक्षार्थ राष्ट्रले कम्पनीलाई भुक्तानी दिने अनुदान रकमलाई जापानी श्रमिक सरह विदेशी श्रमिकमा समेत प्रयोग गर्न मिल्नेछ।
3. कम्पनी बिदा बस्न चाहेको बेलामा, जापानी श्रमिक सरह वार्षिक तलबी बिदा प्रयोग गर्न सकिनेछ।
4. अझै, बालबच्चाको विद्यालयको पढाइ बन्द भएर कम्पनीमा छुट्टी लिनुपर्दा, वार्षिक तलबी बिदाको अतिरिक्त कम्पनीमा अरू कुनै विशेष बिदा प्रणाली भएमा, उक्त बिदा प्रयोग गर्न सकिनेछ।
5.  कामबाट निकाला अर्थात् बर्खासी भनेको कम्पनीले आफ्नो राजीखुसीले गर्न पाउने कुरा होइन। कम्पनीले विदेशी श्रमिकलाई बर्खासी गर्दा जापानी श्रमिक सरहको नियम पालना गर्नैपर्छ।
 
अप्ठ्यारो पर्दा नजिकको श्रम ब्युरो, श्रम मानक निरीक्षण कार्यालय, हेलोवर्क (रोजगारी सूचना केन्द्र)मा परामर्श गर्नुहोला।
 (*यहाँ सम्मको विषयवस्तु पर्चामा पनि उल्लेखित)

पत्रक】(5/7)

○प्रायः सोधिने प्रश्नहरू यता छन्।
श्रमिक लक्षित Q&A(प्रश्नोत्तर) तर्फ जाने(2020/4/17 संस्करण)

○श्रम ब्युरो भनेको, निम्न कुराहरू बारेमा परामर्श लिन सकिने ठाउँ हो।
・कम्पनी बारेको कुरा हुन् वा कामको कुराले अप्ठ्यारो परिरहेको तर कहाँ परामर्श गर्ने भनेर थाहा नभएको कुरा
श्रम ब्युरोमा सम्पर्क गर्नका लागि यता
*सम्पर्क जानकारी हिरागाना तथा रोमनमा 
 
 ○श्रम मानक निरीक्षण कार्यालय भनेको, निम्न कुराहरू बारेमा परामर्श लिने ठाउँ हो।
・बिदा भत्ता लिने तरिका
・तलबी बिदा लिने तरिका
・बर्खासीका नियम
・अन्य, ज्याला या श्रम समय आदि, श्रम सर्त सम्बन्धी कुराहरू
श्रम मानक निरीक्षण कार्यालयमा सम्पर्क गर्नका लागि यता
*सम्पर्क जानकारी हिरागाना तथा रोमनमा

 ○हेलोवर्क (रोजगारी सूचना केन्द्र) भनेको, निम्न कुराहरू बारेमा परामर्श लिने ठाउँ हो।
・काम खोज्ने तरिका वा काम गर्ने ठाउँ चिनाइदिने बारे
・काम छोडेको अवस्थामा रोजगारी बिमाको लाभ लिने तरिका बारे
हेलोवर्क (रोजगारी सूचना केन्द्र)मा सम्पर्क गर्नका लागि यता
*सम्पर्क जानकारी हिरागाना तथा रोमनमा

○नयाँ कोरोना भाइरस सङ्क्रमण हुँदाको लक्षण बारे जान्न चाहेको वा चिन्ता लागेको भए, यता हेर्नुहोला।
कोरोना HP को लिङ्क

関連情報